www.tandavnews.com
Fact ~ In search of truth

सरकारले खरिद गरेको ३० लाख डोज खोप आउँदै

काठमाडौँ ।

सरकारले खरिद गरेको ३० लाख डोज कोरोना विरुद्वको खोप आउँदो बिहीबारबाट आउने भएको छ ।

चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सरकारले खरिद गरेको भेरोसेल खोप तीन खेप गरेर नेपाल ल्याइन लागिएको हो । जसका लागि सरकारले असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय गरेको छ ।  । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको हो  ।

Batas

सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गाेप्य सम्झौता गरेकाे छ। नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेपछि लामो समय खोप खरिद प्रकृया अन्यौल बनिरहेको थियो । सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकारले गोप्य सम्झौता मार्फत खोप खरिद गरेको हो ।

सर्त अनुसार चार वर्षसम्म सम्झौता सार्वजनिक गर्न पाइने छैन । जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो ।

सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । त्यस्तै अन्य मुलुकसँग पनि खोप ल्याउने सरकारको तयारी छ  ।

हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.