www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट गराउन प्रस्ताव

पोखरा/ताण्डव न्यूज

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसैका आधारमा सरकारसँग अनुमति मागेको बोर्डले जनाएको छ ।

भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागेको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए रीक्षाको प्रक्रिया अगाडि बढाइनेछ । उनले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिए ।

Batas

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले भने बोर्डको प्रस्तावमा छलफल गरेर मात्रै निर्णय लिने बताए । यसअघि जेठ २६ गतेबाट हुने तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.