www.tandavnews.com
Fact ~ In search of truth

कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टेटर सहयोग

पोखरा /ताण्डव न्यूज ।

हेल्दी नेशन फाउण्डेशन संस्थाले पोखरा महानगरपालिका वडा नं २१ मा रहेको कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टेटर मेशिन प्रदान गरेको छ ।

कोभिड १९ सहयोग उपसमिति पोखरा २१ का संयोजक अर्जुन गिरी मार्फत डा. सिपी आचार्यको पहलमा फाउण्डेशनले उक्त सामाग्री सहयोग गरेको हो । हिजो (शनिबार) आयोजित कार्यक्रममा उक्त मेसिन प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख प्रताप पौडेललाई हस्तान्तरण गरिएको हो ।

Batas

सहयोग प्राप्त गरेपछि बोल्दै पौडेलले सहयोगी एवं सहयोग उपसमिति प्रति आभार व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे । कोरोना भाईरसको महामारीको समयमा हुनसक्ने अक्सिजन अभावलाई कम गर्न उक्त कन्सन्टेटरले ठूलो मद्धत पुग्ने पौडेलले बताए ।

 

पोखरा २१ सहयोग समितिमार्फत दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको र अभियानमा जोडिने सबैप्रति संयोजक गिरीले आभार व्यक्त गरे । उनले वडा बासीको जीवनरक्षाका लागि सहयोगको अभियानलाई सघाउन सबै समक्ष अनुरोध पनि गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.