पोखरा/ताण्डव न्यूज ।
पोखरामा प्रतिवन्धित लागूऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिरो बस्ने चन्द्र बहादुर तामाङ र पोखरा महानगरपालिका ११ रामघाट बस्ने विकास नेपाली रहेको वडा प्रहरी कार्यालय रामबजार पोखराले जानकारी दिएको छ ।
उनीहरुको साथबाट ४० रोल लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।असार १७ गते बेलुकी ८ बजेको समयमा पोखरा ११ तुलसीमार्गमा ग ५ प.५०३१ नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेक गर्दा उनीहरुको साथबाट गाँजा बरामद भएको हो ।
प्रहरीको अनुसार उनीको साथबाट १५ रोल र उनीहरुको कोठाबाट २५ रोल गरी ४० रोल गाँजा भेटिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारले आज जानकारी दिएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.