www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः २ संक्रमितको मृत्यु, कास्कीका १४९ सहित थपिए ३६६ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३६६जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकोे अनुसार कास्कीका १४९, म्याग्दीका ५, पर्वतका ४२, लमजुङका २१,तनहुँका ५, बागलुङका ८४, स्याङ्जाका ४६ र नवलपरासीका १४ जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

१६७ महिला र १९९ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५७ हजार ११६ पुगेको छ ।

सोही समयमा आज आज ४८० संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३४ रहेको छ ।

यसैबीच पछिल्लो अपडेट अनुसार गण्डकीमा २ संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पर्वतका १ र तनहुँका १ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६१ पुगेको छ ।

हाल प्रदेशमा ३ हजार २१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ८८९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.