www.tandavnews.com
Fact ~ In search of truth

एक्सपर्टद्धारा ‘घाचोक’स्थित स्वास्थ्य चौकीलाई ‘अक्सिजन कन्सन्ट्रेन्टर’ सहयोग

पोखरा
ताण्डव न्यूज ।

कोभिड १९को दोस्रो लहरमा देशमा अक्सिजनको चरम अभाव देखियो । नेपालसँगै भारतमा पनि अक्सिजन अभावकै कारण कैयौँले ज्यान गुमाए । दोस्रो लहरको सुरुवातीमा अक्सिजनको जोहो गर्नै हम्मेहम्मे पर्यो । विस्तारै तेस्रो मुलुकबाट सिलिण्डर भित्र्याएपछि मात्रै केहि राहात मिल्यो । अहिले अक्सिजनको चरम अभाव भने छैन ।

यद्यपी ग्रामीण क्षेत्रमा कोही संक्रमितलाई अक्सिजन अभाव भइहाले, तत्काल अक्सिजन लगाएर राख्ने अवस्था भने छैन । पुर्वाधार, अक्सिजन सिलिण्डर, दक्ष जनशक्ति लगायतका अभाव ग्रामीण भेगमा यथावत नै छ ।

Batas

सोही यथार्थतालाई आत्मसात् गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले माछापुच्छ्रे गाउँपालिका-३ घाचोकस्थित स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । अक्सिजन कन्सन्ट्रेटरले विरामीलाई अक्सिजन अभाव भइहाले तत्काल अक्सिन प्रदान गर्ने गर्छ ।

आइतबार वडा नं ३का अध्यक्ष सुर्यप्रसाद लम्साललाई एक्सपर्ट पोखराका रमेश थापाले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे । हस्तान्तरण गर्दै थापाले अक्सिजनकै अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सहयोग गरिएको बताए ।

विविध स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गर्दै डा. सरोज पोखरेलले कन्सन्ट्रेटर प्रयोग गर्न पनि सजिलो र बिरामीलाई तत्काल उपलब्ध गराउन छरितो हुने भएकोले सहयोग महत्वपुर्ण भएको बताए । कोभिड १९ को लहर सकिन समय लाग्ने भएकाले सम्पूर्णलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन समेत उनको आग्रह थियो ।

यस्तै, सहयोग ग्रहण गर्दै वडाध्यक्ष लम्सालले सहयोगको लगि धन्यवाद दिए ।

कार्यक्रममा एक्सपर्ट एजुकेसन पोखराका पिआर अफिसर विष्णु गौतम, कर्मचारी रमेश प्रसाद वास्तोला, शुक्लागण्डकी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द पोखरे, स्वास्थ्य चौकी प्रमुख विश्वमोहन पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.