www.tandavnews.com
Fact ~ In search of truth

शुक्लागण्डकी मावि घाचोकलाई एक्सपर्टको ५ लाख सहयोग

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिका ३स्थित शुक्लागण्डकी माध्यमिक विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग गरिएको छ । विद्यालयको स्त्तरोन्नतार्थ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस मेलबर्न शाखाले उक्त रकम सहयोग गरेको हो ।
आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेललाई ५ लाख १७ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

एक्सपर्ट मेलबर्न शाखाका निर्देशक बसन्त राज पोखरेल र सरोज कुमार शर्माका तर्फबाट एक्सपर्ट पोखराका निर्देशक रमेश थापा र डा. सरोज पोखरेलले अध्यक्ष पोखरेललाई चेक हस्तान्तरण गरे ।

Batas

एक्सपर्ट पोखराका निर्देशक शाखाले विद्यार्थीहरुको पठनपाठनलाई थप प्रभावकारी र प्राविधिक बनाउन सहयोग गरिएको बताए । एक्सपर्ट एजुकेशनले समाजप्रतिको उत्तरदायित्वमा सदैव अडिग रहेको जनाउँदै आगामी दिनमा पनि विविध सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै डा. सरोज पोखरेलले विद्यार्थीहरुलाई पढाइसँगै प्राक्टिकलको लागि पनि जोड दिन सुझाए । पछिल्लो समय सरकारी विद्यालयहरु राजनीतिको चम् सिकार भएको उल्लेख गर्दै उनले विद्यार्थीको भविष्यमाथी राजनीति नगर्न समेत आग्रह गरे ।

सहयोग ग्रहण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द पोखरेलले सहयोगको सहि सदुपयोग हुने विश्वास दिलाए । विशेषतः विद्यालयमा अत्याधुनिक कम्प्यूटर ल्याब निर्माणका लागि पहल भइरहेको बताउँदै यस अभियानमा सरिक हुन पनि आह्वान गरे ।

कार्यक्रममा विद्यालयका शिक्षकहरु, एक्सपर्ट पोखराका पिआर अफिसर विष्णु गौतम लगायतको उपस्थिती रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.