www.tandavnews.com
Fact ~ In search of truth

जातिय विभेद विरुद्ध नेपाल उत्पीडित जातिय मुक्ती मोर्चाले बुझायो ज्ञापन पत्र

पर्वत /ताण्डव न्यूज ।

नेपाल उत्पीडित जातिय मुक्ती मोर्चाले जातिय विभेदका विरुद्ध पर्वतका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

देश भरमा भएका छुवाछुत, जातिय विभेद तथा रुपा सुनार माथि भएको घटनाले समग्र दलित समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराउन प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

Batas

मोर्चाले जातिय विभेद गर्ने सरस्वती प्रधानलाई राज्य शक्तिको दुरुपायोग गरि मन्त्री कृष्ण गोपाल श्रेष्ठले छुटाएर घरसम्म पु¥याउनु मतियार भएकाले तत्काल कारवाही गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ । दतिल समुदाय प्रति राज्यका वहालवाला मन्त्रीले अपमान गरेकाले तत्कालै बर्खास्त गर्न समेत माग गरिएको छ ।

ज्ञापन पत्रमा दतित भएको थाहा पाएपछि घरवालाले कोठा नदिनु जघन्य अपराध भएकाले फौजदारी मुद्धा चलाएर कारवाही गर्नुपर्ने, रुपा सुनारको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने माग गरिएको छ । साथै सिन्धुपाल्चोक, ओखलढुंगा, मोरङ, रौतहटमा दलित भएकै कारण भएका जघन्य अपराधलाई राज्यले वेवास्ता गरेकाले कारवाहीको माग गरिएको छ ।

साथै मोर्चाले नवराज विकका हत्यारालाई कारवाहीको माग समेत गरेको छ । सो अवसरमा मोर्चाका केन्द्रीय सदस्य शिबलाल सार्की, बाबुराम सुनार, नेत्र वि।क, सुजन वि।क लगायतको उपस्थिती रहेको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पुर्याईदिने प्रतिबद्धता व्यक्त गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.