www.tandavnews.com
Fact ~ In search of truth

आँधिखोलाको शिलन्यास लफडा : मुख्यमन्त्रीप्रति गाउँपालिकाकाे गम्भिर ध्यानाकर्षण, अध्यक्ष पौडेल भन्छन् ‘राज्यशक्ति दुरुपयोग भयो’

पोखरा
ताण्डव न्यूज ।

कानुनी प्रावधान विपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यशक्तिको दुरुपयोग गरी अस्पतालको शिलान्यास गरेको आरोप लागेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिकाले मुख्यमन्त्री पोखरेललाई यस्तो आरोप लगाएको हो ।

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै गाउँपालिकाले स्थानीय तह र सो संस्थाका जिम्मेवार पदाधिकारीलाई समेत कुनै जानकारी बिना नै केही व्यक्तिहरुको उक्साहटमा मुख्यमन्त्रीले १५ शैयाको अस्पताल शिलान्यास गरेको आरोप लगाईएको छ ।

Batas

गाउँपालिका प्रमुख सुधिर कुमार पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा अस्पतालको सम्पूर्ण जिम्मेवारी पालिका रहेको र औपचारिक कार्यक्रम गर्ने दायित्व र कर्तव्य पालिकामा रहने उल्लेख छ । विज्ञप्तिमा कानुनी प्रावधान विपरीत संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्ने दुराशा पूर्ण मनसायबाट प्रेरित रहि मुख्यमन्त्री पोखरेलबाट शिलान्यास गराइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पौडेलले उल्लेख गरेका छन् ।

संघीय सरकारको लगानी र स्थानीय सरकारको रेखदेख र नियन्त्रणमा रही निर्माण भइरहेको संस्थामा स्वामित्व हस्तान्तरण गरिसकेको अवस्थामा शिलान्यास जस्तो गरिमामय कार्यक्रम आयोजना गरिनु र कार्यक्रममा प्रदेश सरकारको प्रमुख पदको गरिमालाई बिबादित बनाउने प्रयास भएको उल्लेख गरिएको छ ।

पालिका अध्यक्ष पौडेलले विज्ञप्तिमा यस्ता क्रियाकलापहरुमा सरोकारवाला सँगको समन्वय र सहकार्य विना नै मुख्यमन्त्रीले सहभागीता जनाउनुले संघीय लोकतान्त्रिक प्रणलीप्रतिको व्यव्स्थाको ठाडो उल्लघंन र स्थानीय पालिका प्रतिको निर्मम हस्तक्षेप भएको हुँदा यस्ता कामकारबाहीले मुख्यमन्त्री पदको ओजपूर्ण गरिमामा आँच आउन सक्ने भनीएको छ । उक्त क्रियाकलाप र कार्य शैलीलाई स्थानीय सरकारबाट कुनै पनि रुपमा स्वीकार गर्न नसकिने व्यहोरा समेत अनुरोध गर्दै कामकारबाही प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.