www.tandavnews.com
Fact ~ In search of truth

आजबाट भेरोसेल खोप लगाएकाहरूलाई दोस्रो मात्रा लगाइँदै

काठमाण्डौँ
ताण्डव न्यूज ।

सरकारले आजबाट कोरानाविरुद्धको भेरोसेल खोप लगाएकाहरूलाई दोस्रो मात्रा लगाउँदैछ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो ।

पहिलो मात्रा लगाएका ३ लाख ७० हजार भन्दा बढी नागरिकलाई आजबाट खोपको दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको कार्डपनि लिएर जान मन्त्रालयले आग्रह गरेको छ । यस्तै खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत आजबाट सुरु हुने खोप अभियानमा दोस्रो मात्रा लगाउन सक्ने छन् ।

Batas

काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइएको थियो । सरकारले काठमाडौं उपत्यकासहित देशभर खोप अभियान सञ्चालन गर्न लागेको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.