www.tandavnews.com
Fact ~ In search of truth

मनाङः नासों गाउँपालिका–५ का वडाध्यक्षको निधन

मनाङ ।

नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ ।

पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

Batas

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनी काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किएका थिए । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बसेका उनी हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो ।

उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पु¥याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.