www.tandavnews.com
Fact ~ In search of truth

बाढी पीडितलाई रेडक्रसको सहयोग

पोखरा/ताण्डव न्यूज ।

यही असार १७ गतेको अविरल वर्षाद सँगै पोखरा महानगरपालिका वडा नं ३२ सीता गुफा नजिकैको वस्तीस्थित रामबहादुर भुजेलको घरमा पूर्ण रुपमा भएको क्षतिका कारण समस्यामा परेका उहाँको घरमा डेरा गरी बस्ने देवी ढुङ्गाना र नरेन्द्र भुजेलको परिवारलाई नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाको समन्वयमा सहयोग गरिएको छ ।

सामाजिक क्षेत्रमा कृयाशिल नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाद्वारा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरी दुबै परिवारलाई विपद् व्यवस्थापन राहतको पूर्ण प्याकेज उपलब्ध गराइएको हो ।

Batas

उपशाखाका सभापति किशन परियारका अनुसार ढुङ्गाना तथा भुजेलको परिवार समस्यामा परेको जानकारी हुनासाथ तत्काल जिल्ला शाखासँग समन्वय गरी पूर्ण प्याकेजको राहत उपलब्ध गराइएको हो । यस क्षेत्रमा बाढीजन्य प्राकृतिक प्रकोप लगायतका अन्य समस्यामा रेडक्रसका तर्फबाट निरन्तर साथ र सहयोग उपलब्ध गराउँदै आइएको उनले बताए।

राहत वितरण कार्यक्रममा उपशाखाका सभापति किशन परियार सहित सचिव विन्दुराज तिवारी, सहसचिव कीर्तिराज खनाल, सदस्य लक्ष्मीकान्त सापकोटा लगायत स्थानीयवासीको सहभागिता थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.