www.tandavnews.com
Fact ~ In search of truth

सांसद पहारीद्वारा अक्सिजन कन्सनटेटर हस्तान्तरण

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले कास्कीको अन्नपुर्ण गाउँपालिकालाई सहयोग हस्तान्तरण गरेका छन् । पहारीले अन्नपुर्ण गाउँपालिकाको वडा न ६ को लागि एक थान अक्सिजन कन्सनटेटर हस्तान्तरण गरेका हुन् ।

पहारीले एक लाख पचास हजार रकम बराबरको सो कन्सनटेटर नेकपा एमाले अन्नपुर्ण गाउपालिकाका सचिव विवेक देवकोटालाई हस्तान्तरण गरेका हुन् ।

Batas

जोय नेपाल संस्थाको सहयोगमा उक्त कन्सनटेटर हस्तान्तरण गरिएको सांसद पहारीको सचिवालयले बतायो। यसअघि सोहि संस्थाको सहयोगमा अन्नपुर्ण गाउपालिकाका वडा न १० घान्द्रुक , वडा न ११ छुम्रुंग वडा न ५ झोबांगमा एक एक थान कन्सनटेटर हस्तान्तरण गरिसकिएको र बाँकी अन्य वडाहरुमा पनि क्रमश प्रदान गर्ने पहल भैइरहेको बताइएको छ।

सहयोग हस्तान्तरण गर्दै सांसद पहारीले जनताको स्वास्थ्य रक्षा आफ्नो पहिलो कर्तव्उ र जिम्मेवारी भएकोले सहयोग जुटाउन लागि परेको बताए।

उक्त कार्यक्रमा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी , मेडिकल काउन्सिलका सदस्य किशोर बिक्रम मल्ल , सहयोगी संस्ठा जोय नेपालका प्रान्जल कायस्थ , नेकपा एमाले कास्कीका सचिबालय सदस्य दाम बहादुर वि क , नेता बिष्णु के सी , गाउपालिका सचिब बिबेक देवकोटा ,स्काउट कास्कीका संयोजक आशिर्बाद सुबेदी ,बिद्यार्थी नेता साजन सुबेदी लगाएतको उपस्थिति रहेको थियो ।

यस लगत्तै सांसद पहारीले पोखरा ६ बैदाम,नहरमार्गस्थित खहरेचोक देखि बुलौदि जाने निर्माणाधीन ढलान बाटोको अनुगमन गरेका छन् । आठ सय मिटर लामो र उक्त बाटो सांसद पहारीको पहलमा चालु आर्थिक बर्ष २०७६÷७७ र २०७७÷७८ मा गरि एक करोड ५० लाखको लागतमा निर्माण भैरहेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.