www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ७ संक्रमितले गुमाए ज्यान, कास्कीका १३४ सहित थपिए ३६६ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आजको अपडेट अनुसार थप ७ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखरामा उपचार गराइरहेका ४ सहित प्रदेशमा ७ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
संक्रमणका कारण ज्यान गुमाउनेमा कास्कीका २,नवलपरासीका ३,गोरखाका १ र बागलुङका एक जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनको संख्या ९७४ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३६६जना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकोे अनुसार कास्कीका १३४, मनाङका १,म्याग्दीका ४, पर्वतका २८, गोरखाका ४८,लमजुङका १९,तनहुँका ५२, बागलुङका २७, स्याङ्जाका २० र नवलपरासीका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

१७३ महिला र १९३ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५७ हजार ७८४ पुगेको छ ।

सोही समयमा आज आज २८९ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ६३९ रहेको छ ।

हाल प्रदेशमा ३ हजार १७१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ९१६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.