www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः २ संक्रमितको मृत्यु, कास्कीका १५३ सहित ३०९ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आजको अपडेट अनुसार थप २ संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा नवलपरासीका १ र बागलुङका १ संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यो सँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनको संख्या ९७६ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३०९जना संक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकोे अनुसार कास्कीका १५३, मुस्ताङका २,मनाङका १५,म्याग्दीका २०, पर्वतका ९, गोरखाका ८,लमजुङका ३,तनहुँका २०, बागलुङका ११, स्याङ्जाका १७ र नवलपरासीका ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

१५६ महिला र १५३ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५८ हजार ९३ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.