www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा बाढीले घर बगाउँदा दम्पतीको मृत्यु

पोखरा/ताण्डव न्यूज ।

अविरल वर्षापछि आएको बाढीका कारण म्याग्दीको मंगलामा दुई जनाको ज्यान गएको छ ।

म्याग्दीको मंगला गाउपालिका–५ छिस्बाङ स्थित खहरे खोलामा आएको बाढिले घर भत्किदा घरमा रहेका २३ वर्षीय गजिन रोका र उनकी श्रीमती १९ वर्षीया बिना रोकाको मृत्यु भएको हो । मालिका गाँउपालिका– ६ दुखु घर भएका उनीहरु छिस्बाङ स्थित थम बहादुर बुढाथोकीको घरमा पसल सञ्चालन गर्दै आएका थिए ।

Batas

आज दिउँसो करिब ३ बजेको समयमा घटनास्थलमा पुगेको प्रहरी टोलीले दुबैजनालाई मृत अवस्थामा फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.