www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : २ वर्ष नपुग्दै बग्याे हर्पन खाेलाकाे सिल्टेसन ड्याम , ६ घरपरिवार विस्थापित

जीवन सुवेदी
पाेखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिकाको वडा नं २३ हर्पन खोलामा निर्माण गरिएको सिल्टेसन ड्याम बाढीले बगाएको छ । गएरातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले ड्याम बगाएको पोखरा महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष विष्णु पराजुलीले ताण्डव न्यूजलाई जानकारी दिए ।

ड्याम बगाएसगै बाढी आउँदा स्थानीय ठुलाखेत भन्ने ठाउँमा रहेका ६ घर परिवार विस्थापित भएका छन् भने तटीय क्षेत्रमा खोलाले धानखेत समेत कटान गरेको छ । स्थानीय ककरे, बाम्दी, लौरुक लगायतका क्षेत्रमा धानखेतमा बाढी पसेको उनले बताए ।

Batas

उक्त ड्याम २ वर्ष अघिमात्र पोखरा महानगर र गण्डकी प्रदेशको संयुक्त लगानीमा निर्माण भएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.