www.tandavnews.com
Fact ~ In search of truth

चाँडै पार्टी एकताबद्ध भएको घोषणा गर्ने एमालेको तयारी

काठमाडौं ।

नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ ।

कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या समाधान गरिने बताए ।

Batas

दिउँसो बसेको कार्यदलको बैठक थप गृहकार्य गर्न साँझ ७ बजे सिंहदरबारमा पुनः बस्ने छ । यसअघि कार्यदलको तयारी र आपसी परामर्शका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

‘भरसक आजै पार्टीभित्रको विवाद समाधानलाई निष्कर्षसम्म पु¥याउने हाम्रो जोड हुन्छ’, कार्यदलका नेता नेम्वाङले भने, ‘जो भइरहेको छ, ठीक भइरहेको छ, सहमतिका आधारमा संयुक्त वक्तव्य आउने कुरा ठूलो होइन, पार्टी एकताबद्ध बनाउने घोषणा गर्न लागेका हौँ ।’ उनले पार्टीभित्रको विवाद समाधान गर्न छलफल निरन्तर जारी रहेको र सकारात्मक भएको बताए । उनले कार्यदलमा गरिएको सहमतिको गृहकार्यबारे शीर्षनेतासँग पनि बैठक बस्नुअघि छलफल गरिने जानकारी दिए ।

एमालेका सचिव गोकर्णराज विष्टले छिट्टै विवाद समाधान गर्दै एकताको घोषणा गरिने बताए । उनले लामो समयदेखिको अनौपचारिक छलफललाई कार्यदलको बैठकमार्फत कार्यकर्ता र शुभेच्छुकको चाहनाबमोजिम एकताको कामलाई सार्थक निष्कर्षमा लैजान लागिएको बताए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.