www.tandavnews.com
Fact ~ In search of truth

इजरायलबाट ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडौं ।

इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।

Batas

‘नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्’, राजदूत डा. शाक्यले भने, ‘करीब २० करोड मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।’ रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.