www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट राष्ट्रिय युवा संघ अध्यक्ष पौडेलको गर्जन : ‘अब सडकमा भेट हुनेछ’

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय युवा संघ नेपालले आन्दोलन गर्ने घोषणा गरेको छ । सरकारले गरेका काम आमजनतामाझ साक्षर गराउनका लागि सडक आन्दोलन गर्ने निर्णय भएको संघले जनाएको छ ।

प्रेस चौतारी कास्कीद्धारा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले सडक आन्दोलनको उद्घोष गरे । सरकारको पक्षमा सडकमा उत्रने घोषणा गर्दै उनले भने‘अब हामी सरकारविरुद्ध लाग्नेहरुका लागि वक्तब्यमा मात्रै सिमित रहँदैनौँ । भोलिबाटै ७ प्रदेशका मुख्य केन्द्रहरुमा रचनात्मक आन्दोलन सुरु गरिनेछ ।’

Batas

अध्यक्ष पौडेलले देशलाई रणभुमि बनाउन विभिन्न समुहले मिसन नै बनाएर लागिपरेको आरोप लगाए । ‘देशलाई रणभूमी बनाउन खोजिएको छ । बफर जोन बनाउन खोजिएको छ । त्यसकारण विभिन्न मिसनबाट परिचालितहरुले सडक कब्जा गर्न नपाउन् भन्नेपनि उद्धेश्य हो । हाम्रो आन्दोलन समृद्धिको बाधक तत्वहरु विरुद्ध हो ।अब हाम्रो भेट सडकमा हुनेछ ।’ सडक आन्दोलनकै क्रममा विविध माध्यमबाट सरकारले गरेका कार्यहरुबारे डिस्प्ले गरिने उनको भनाई थियो ।

प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक मोतिसागर अधिकारीले गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.