www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

काठमाण्डौँ/ताण्डव न्यूज

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची जाने भएका छन् ।

यही असार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पुगेको क्षतिको बारेमा अवलोकनका लागि प्रधानमन्त्री ओली जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बिहान १० बजे प्रधानमन्त्री ओली त्यसतर्फ जाने तयारी भएको सत्तारुढ नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

Batas

प्रधानमन्त्रीका साथमा खानेपानीमन्त्रीको समेत जिम्मेवारी पाउनुभएका भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, पूर्वमन्त्री तथा पार्टी कार्यालय सचिव तामाङ लगायत पनि सिन्धुपाल्चोक जाने तयारी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.