www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा सरकारकाे पक्षमा राष्ट्रिय युवा संघकाे प्रदर्शन

पोखरा/ताण्डव न्युज

नेकपा एमाले विरुद्ध घेराबन्दी गरिएको भन्दै युवाहरुले पोखरामा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल, गण्डकी र कास्कीको संयुक्त आयोजनामा भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका सांसद एवं युवा सङ्घका पूर्व अध्यक्ष राजीव पहरीले देशमा स्थिरता नचाहनेहरुले अनेक तानाबाना बुनेकाे बताए । स्थिरताकाे पक्षमा अाम यूवाहरु एकजुट हुनुपर्ने बेला अाएकाे उनकाे भनाइ छ । विकाश निर्माण, अार्थिक बृद्दिमा अाेली नत सरकारकाे लाेकप्रियतासंग डराएकाहरुले षड्यन्त्र गरिरहेकाे उनकाे भनाइ थियाे । लाेकतन्त्रमा जनता नै सर्वाेपरी भएकाे भन्दै पहारीले जनताकाे बीचमा जानका लागि मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दृष्टिबाट प्रतिगमन नहुने बताए । उनले गण्डकी प्रदेश सरकारकाे पनि चर्काे अालाेचना गरे । ‘चारजना मन्त्रिकाे कार्यविभाजन टुङ्गाे लगाउन नसक्ने सरकारले जनताका विकाशका काम गर्ने कुरा दिवाश्वप्न मात्र हाे ‘ उनले भने ।

Batas

सभालाइ सम्बाेधन गर्दै यूवा संघ गन्डकीका अध्यक्ष महेन्द्र गुरुङले सरकार विरुद् गठबन्धन गरेर षड्यन्त्र रचेकाे बताए । उनले यूवाहरु बाध्य भएर सडकमा अाउनुपरेकाे बताउँदै अहिले अाफुहरुले सांकेतिक मात्र विराेध जनाएकाे बताए । पाेखराकाे मानवअधिकार चाेकदेखि भिमसेन चाेकसम्म यूवाहरुले केपी अाेलीका पक्षमा नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.