www.tandavnews.com
Fact ~ In search of truth

‘कांग्रेस नेतृत्वको सरकार भ्रष्टचारको अभियानबाट सुरु भो’ : पूर्व मुख्यमन्त्री गुरुङ

अर्जुन गाहा (सुशान्त)
पोखरा /ताण्डव न्यूज

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा (नेकपा) एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको वर्तमान सरकार भ्रष्टचारको अभियानबाट सुरु भएको टिप्पणी गरेका छन् । पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले नेपाली कांग्रेस नेतृत्वको सरकारले रकमान्तर गरेको करिब १६ करोड भ्रष्टचारको स्वरुप रहेको प्रतिक्रिया दिएका हुन् ।

गुरुङले आफु नेतृत्वको सरकार हुदा नियम, कानून विधि र प्रक्रिया पुर्याएर काम गरेको बताए । ‘उहाँहरुले १६ करोड चाँही बजेटमा नआएको, विकासको कार्यक्रममा नपरेको र गैरबजेटमा खर्च गर्ने भनेको भ्रष्टचारको पहिलो सुरुवात हो, उनले भने, ‘उहाँहरुले भ्रष्टचारको सुरुवात गरिसक्नुभाछ । अस्ति भर्खर आएको सरकारले त्यत्रो १६ करोड रकम रकमान्तर गरेर चाहिने विकास निर्माणमा खर्च नगरेर पालिकालाई दिएको छैन ।’

Batas

उनले कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो जिल्लाको सभापतिलाई बोलाएर जिल्ला जिल्लामा एक ÷करोड, डेढ करोड बाँडेको आरोप लगाए । ‘दश दिनमा रिलिज गरेर ठेक्कामा जाने भए प्रक्रिया पुर्याउनुपर्ने होला सानो रकम हो भने उपभोक्ता समिति बनाउनुपर्ने होला । त्यसपछि सम्झौता गर्नुपर्नेहोला, उनले भने, ‘दुईचार दिनमै काम गर्न सक्छ ¬? यो चाँही आफ्नो कार्यकर्तालाई सिधा बाडेको होईन ¬? त्यसकारण यो १६ करोडको मुद्धा भ्रष्टचारको मुद्धा हुन्छ । त्यसैले सम्बन्धित निकायले यसमा ध्यान दिनेछ ।’

वर्तमान सरकारले अध्यारो कोठामा बसेर गुरुङ नेतृत्व सरकारको झ्याली पिट्नुको औचित्य नरहेको उल्लेख गरे । ‘उहाँहरुको सरकार भ्रष्टचारबाट सुरु भो । अहिले पृथ्वी सुब्बा गुरुङको सरकारले यस्तो गर्याे भनेर झ्याली पिटेर हुन्छ, उनले भने, ‘त्यसकारण के कुरामा स्पष्ट हुनुस भने, हामीले जे काम गरेका छौ विधि, प्रक्रिया र योजना सहित र बजेटमा आएको कुरा नीति कार्यक्रममा आएको कुरा विकासमा समावेश भएका कुरालाई आधारमा राखेर एकैपटक टेण्डर गर्न नसक्ने भएकाले बाँकी खण्ड खण्ड गरेका छौ ।’

गुरुङ नेतृत्वको सरकारलाई वर्तमान सरकारको प्रवक्ता समेत रहेका सामाजिक विकासमन्त्री कुमार खड्काले पत्रकार सम्मेलनको आयोजना गर्दै गत साता १ सय बढि सडक योजनालाई बहुवर्षीय ठेक्कामा लगाएको आरोप लगाएका थिए ।

गुरुङले फरक प्रसंगमा बोल्दै जनभावना र आफ्नो पार्टीको धारणा अनुरुप बजेट नआए दरिलो प्रतिपक्षको रुपमा विरोधमा उत्रने बताए । गुरुङले आफ्नो नेतृत्वको सरकारको तुलनामा वर्तमान सरकार चलाउन निकै कठिन रहेको समेत औल्याएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.