www.tandavnews.com
Fact ~ In search of truth

खेलकुद मन्त्रालयमा मन्त्री मनाङेको ‘ह्याट्रीक’

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारका विनाविभागिय मन्त्री राजीव गुरुङ (दिपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृष्ण चन्द्र नेपाली नेतृत्वको गठबन्धन सरकारमा भौतिकमा दाबी गर्दै आएका मन्त्री मनाङे अन्ततः युवा तथा खेलकुद मन्त्रालयमा राजी भएका छन् ।

मन्त्री मनाङेले युवा तथा खेलकुदकै जिम्मेवारी पाएको यो तेस्रो पटक हो । यसअघि बैशाख १६ गते पृथ्वीसुब्बा गुरुङले मन्त्री मनाङेलाई खेलकुद मन्त्री बनाएका थिए । बैशाख २६ गते गुरुङले राजीनामा दिएपछि मन्त्री मनाङेको मन्त्री पद १० दिनमै गएको थियो । त्यसलगत्तै प्रदेश प्रमुख सिता पौडेलले ठुलो दलको नेताको हैसियतले गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री नियुक्त भएपछि मन्त्री मनाङेलाई गुरुङले पुनः खेलकुद मन्त्री नियुक्त गरेका थिए ।

Batas

मन्त्री मनाङेले गुरुङ सरकारले विश्वासको मत नपाउने अवस्था देखिएपछि मन्त्रीपरिषद्मा इन्ट्री गराएका गुरुङको साथ छोड्दै गठबन्धन तर्फ लागेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.