www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः स्याङ्जा र गोरखाका ५ जनामा कोरोनाको नयाँ भेरिएन्ट ‘डेल्टा’ पुष्टि

सतर्कता अपनाउन अनुरोध

पोखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशका ५ जनामा नयाँ डेल्टा भेरीएन्ट बी.१.६१७.२ पुष्टि भएको छ ।

स्याङ्जा कालिगण्डकी गाउँपालिकाका २ पुरुष र गोरखाका बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा डेल्टा भेरीयन्ट देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन कन्द्र गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

Batas

गण्डकी प्रदेश,प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उक्त ५ जनाको नयाँ भेरीएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाईएको थियो ।

यो पहिलो अल्फा भेरीएन्टमा भन्दा संक्रमण हुने दर केही बढी भएकोले व्यक्गित सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.