www.tandavnews.com
Fact ~ In search of truth

भानु जयन्तीको अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा धुनमा कविता कार्यक्रम गरिने

पोखरा ।

२०८ औं भानु जयन्तीको अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानले धुनमा कविता कार्यक्रम गर्ने भएको छ ।

असार २९ गते शिक्षा विकास निर्देशनालयको सभाहलमा सो कार्यक्रम गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी गराए । उनले कार्यक्रममा ११ जिल्लाका १२ जना कविहरुले कविता प्रस्तुत गर्ने बताए ।

Batas

उनले भने, ‘कास्कीका कवि शिव त्रिपाठी, लमजुङका कवि सरस्वती श्रेष्ठ ‘सरु’, म्याग्दीका कवि घायल श्री, कास्कीका छन्दकवि शंकरमणी त्रिपाठी, लमजुङका कवि कुमार तामाङ, कास्कीका कवि लक्ष्मी थापा, तनहुँका कवि अम्बिका प्रसाद भट्टराई, गोरखाका कवि लोकनाथ पुडाशैनी, पर्वतका कवि डा. जगन्नाथ रेग्मी, स्याङजाका कवि डा।नारायण प्रसाद अधिकारी र तनहुँका कवि सरस्वती प्रतिक्षाले कविता प्रस्तुत गर्नेछन् ।’

प्रतिष्ठानले हरेक वर्ष नियमित रुपमा भानुजयन्तीका अवसरमा धुनमा कविता कार्यक्रमलाई निरन्तरता दिने भएको छ । उसो त प्रतिष्ठानले यसअघि नै वर्षभरि गरिने कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । गण्डकी प्रदेशमा जन्मिएका स्रष्टाका सम्मानका लागि उनीहरुको सिर्जनालाई कदर हुने गरी कार्यक्रमको आयोजना गरिने सदस्य सचिव श्रेष्ठले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.