www.tandavnews.com
Fact ~ In search of truth

पर्वत:बाढीले अवरुद्ध तल्लो मोदी ‘१’ को उत्पादन पुनःचालू

पर्वत ।

बाढीले क्षति पु¥याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरुआत भएको छ ।

नौ दशमलव पाँच मेगावाट क्षमता भएको सो आयोजनामा यही असार २२ गते राति आएको बाढीले क्षति पु¥याएको थियो । आइतवार साँझदेखि आयोजना सञ्चालनमा आएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

Batas

उनका अनुसार कुश्मा नगरपालिका– ८ दोबिल्ला स्थित सुन्दरेखोलामा आएको बाढीले आयोजनाको मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पु¥याएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५० परिचालन गरी मर्मत गरिएको थियो ।

बाढीका कारण आयोजनामा झण्डै साढे चारदेखि पाँच करोडसम्मको क्षति भएको अनुमान गरिएको छ । मोदीखोलाको बहाव उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकीन हुन नसकेको उहाँको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन ।

सोही दिनको बाढीले मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका साइड इञ्जिनीयर राजाराम आचार्य र चालक इन्द्र थारु सवार गाडीसमेत बगाएको थियो । बगाएको गाडी फेला परे पनि आचार्य र थारुको अवस्थ भने अझै पत्ता लाग्न सकेको छैन । बाढीले क्षति पु¥याएको मध्यपहाडी लोकमार्ग एकतर्फीरुपमा सञ्चालन भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.