www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रधानन्यायाधीश विरुद्ध ‘कालो मास्क र फेटा’ कसेर नाराबाजी (१२ फोटो)

पोखरा/ताण्डव न्यूज

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विरुद्ध पोखरामा नाराबाजी गरिएको छ । सर्वोच्च अदालतको फैसला अमान्य रहेको बताउँदै नेकपा(एमाले)का भातृ संगठनहरुले आज नाराबाजीसहित र्याली गरेका हुन् ।

सर्वोच्चले आज प्रतिनिधि सभालाई पुनस्र्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।  प्रतिनिधि सभा पुनस्र्थापनाको आदेश मान्य भएपनि प्रधानमन्त्री नै नियुक्त गर्न दिइएको आदेश मान्न नसकिने र्यालीमा सहभागी नेताहरुले बताए ।

Batas

कालो मास्क र टाउकोमा कालो फेटा बाँधेर राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका युवाहरुले जिरो किमिबाट सुरु गरेको र्याली सभागृह चोक पुगेर सम्पन्न भएको थियो ।

सबै तस्बिर : माधव भुसाल/ताण्डव न्यूज

 

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.