www.tandavnews.com
Fact ~ In search of truth

आज भानु जयन्ती, पोखरामा धुनमा कविता

पोखरा/ताण्डव न्यूज

आज भानु जयन्ती, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ८ औँ जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तले ‘रामायण’ लेखेर ख्याती कमाएका हुन् ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । उनले ‘वधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति लेखेका छन । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका छन् ।

Batas

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

यसैबीच २०८ औं भानु जयन्तीको अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानले धुनमा कविता कार्यक्रम गर्ने भएको छ ।

असार २९ गते शिक्षा विकास निर्देशनालयको सभाहलमा सो कार्यक्रम गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी गराए । उनले कार्यक्रममा ११ जिल्लाका १२ जना कविहरुले कविता प्रस्तुत गर्ने बताए ।

उता भानु जयन्तीको अवसरमा भानुको जन्मस्थल भानु नगरपालिकाले भने आज सार्वजनिक विदा दिएको छ । भानुको सम्मानमा नगरपालिकाभित्र सार्वननिक विदा दिईएको नगरपालिकाले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.