www.tandavnews.com
Fact ~ In search of truth

‘हामी कोभिड नियन्त्रणको चरणमा प्रवेश गरेका छौँ’: प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणको चरणमा प्रवेश गरेका बताएका छन् । ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताए ।

नयाँ सरकार बन्न लागेका स्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए ।

Batas

उनले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने जनाए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.