www.tandavnews.com
Fact ~ In search of truth

निवर्तमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने

काठमाण्डौँ/ताण्डव न्यूज

निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जानेभएका छन् । आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका हुन् ।

प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो नियुक्त भएका थिए । देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए । उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन् ।

Batas

आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ । हिजो क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो । एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई आज बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.