www.tandavnews.com
Fact ~ In search of truth

देउवा सरकारको पहिलो निर्णयः चैत भित्र सबै नागरिकलाई कोरोना विरुद्धको खोप

काठमाण्डौँ/ताण्डव न्यूज

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो । बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ । उनले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तीमा खटिएकाहरुलाई जोखिम भत्ता एक हप्ताभित्र उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

Batas

यसअघि हिजो साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.