www.tandavnews.com
Fact ~ In search of truth

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा विद्यार्थीको धर्ना

काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन ।

नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेता आज बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् । डिपो प्रमुख अभिषेक ठाकुरले विद्यार्थीको धर्नाका कारण ढुवानी रोकिएको बताए ।

Batas

‘आज कार्यालय समय शुरु भएसगैँ उहाँहरु डिपो गेटमा धर्नामा बस्नुभएको छ । अधिकांश पम्पले मङ्गलबार साँझ नै पेट्रोलिमय पदार्थकोे ढुवानी गरिसक्नुभएको छ । तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन । उहाँहरु धर्नाबाट निस्कनासाथ ढुवानी पुनः शुरु गछौँ’, उनले भने।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले विद्यार्थीको आन्दोलनले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाका केही पम्प बन्द भएको जनाएको छ । आज बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा पाँच विद्यार्थी संगठनले केही पम्पको सटर लगाएर बन्द गराए तापनि अधिकांश पम्प खुला नै रहेको एशोसिएशनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिए ।

उनका अनुसार स्कुल तथा कलेज नजिक रहेका पम्प विद्यार्थीले बन्द गराए पनि अन्य स्थानमा सञ्चालित पम्प खुला रहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.