www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु, सहायक सिडियोद्वारा अनुगमन

पोखरा ।

पोखरा महानगरपालिकामा कोभिड विरुद्धको खोप अभियान आज(बुधबार) देखि सुरु भएको छ। खोप कार्यक्रमलाई पारदर्शी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक सिडियो कृष्ण चन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीबाट पदम श्रेष्ठ अनुगमनमा सहभागी थिए।

Batas

पोखरा महानगरपालिका वडा नं. ५, ६, ७ ८ र ९ मा अनुगमन गर्दा सम्पूर्ण वडामा ४ सय डोज खोप उपलब्ध भएको वडामा कार्यरत कर्मचारीले जानकारी गराएका थिए। माग गरिए बमोजिम खोप उपलब्ध गराउँदा खोप विग्रन सक्ने कारणले गर्दा निश्चित मात्रामा खोप उपलब्ध गराएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जानकारी गराएको थियो।

निश्चित तापक्रममा राखिएको खोप निकालिसकेपछि ३ घण्टा भित्र लगाइसक्नुपर्ने र खोप केन्द्रमा सुरक्षित राख्ने स्थान नभएकोले एकैचोटी धेरै खोप ल्याउन नमिलेको मन्त्रालयले जानकारी गराएको थियो। आवश्यकताअनुसार खोपकेन्द्रलाई १ सय देखि २ सय डोज खोप थप गरिएको जानकारी गराएको थियो।

व्यवस्थापनमा वडाकार्यलयका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी र नागरिक समाजहरु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असार २९ गतेबाट देशव्यापी रुपमा खोप लगाउने आह्वानले गर्दा कास्की जिल्लाका अधिकांश वडामा ठूलो मात्रामा भिड बन्न पुगेको थियो। भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउन भनिएका सम्पूर्ण व्यक्तिहरु एकै पटक आउनु र भोलिका दिनमा पनि खोप पाउन कठिन हुन्छ कि भन्ने अविश्वासका कारण पनि भीड बढी भएको सहायक सिडियो पौडेलले बताए।

पौडेलले कास्कीमा निरन्तर खोप लगाइने भएकोले अतालिएर अनावश्यक भिडभाड नगर्न अनुरोध गरका थिए। खोप लगाउन आउँदा संक्रमित व्यक्तिहरु पनि आउन सक्ने सम्भावना प्रवल भएको हुँदा स्वास्थ्यको मापदण्ड प्रयोग गर्दै भौतिक दुरी कायम गरि अनावश्यक भीडभाड नगरि सुरक्षित तरिकाले खोप लगाउन आम अमुदायलाई उनले अनुरोध गरेका थिए।

खोप लगाउने आम नागरिक र व्यवस्थापन पक्षलाई सहज होस् भनी सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मी, कर्मचारी, सवारी चालक र अन्य अत्यावश्यक सेवा संलग्न व्यक्तिहरुलाई कास्कीमा अहिले सञ्चालन भइरहेका खोप केन्द्रमा नभई छुट्टै ठाउँमा विशेष तरिकाले खोप लगाउने व्यवस्था गर्न लागेको सहायक सिडियो पोडेलले जानकारी गराए।

स्वास्थ्य मन्त्रालयले भने अनुसार खोप जेष्ठ नागरिक, विश्वविद्यालय, विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरु, अत्यावश्यक सेवामा संलग्न कर्मचारी, खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइएको थियो।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.