www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य

कास्कीका १८६ सहित ३७४ जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक अनुसार आज प्रदेशका ११ वटै जिल्लामा संक्रमितले ज्यान गुमाउनु परेन।

यस्तै २४ घण्टामा ३७४ जना संक्रमित थपिएका छन् ।जसमा कास्कीका १८६,मुस्ताङका १,म्याग्दीका ६,पर्वतका ३,गोरखाका ४२,लमजुङका २२,तनहुँका १७,बागलुङका १५, स्याङ्जाका ३८ र नवलपरासीका ४४जना रहेका छन् ।

Batas

१७३ महिला र २०१ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ६० हजार १५९ पुगेको छ ।

यस्तै आज ३७७ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ५२३ रहेको छ ।

हाल प्रदेशमा २ हजार ६२८ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ४१० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.