www.tandavnews.com
Fact ~ In search of truth

बढ्न थाल्याे कोरोना सङ्क्रमण, थप २ हजार ९०५ जनामा पुष्टि

काठमाडौँ ।

कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिए । मङ्गलबार दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार दुई हजार ३७० मा र आइतबार एक हजार ८३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Batas

आठ हजार १०८ जनाको पिसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जनामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ९१६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या नौ हजार ४३० पुगेको छ । यस अवधिमा एक हजार ६०६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६४७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र दुई हजार ५४८ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।

हालसम्म ३७ लाख ३० हजारले खोप लगाएका छन् । ११ लाखले दुवै चरणको खोप पूरा गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

कोरोनाका कारण स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा ११३३ टोल फ्रि नं २४ सै घण्टा खुला रहने मन्त्रालय जनाएको छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी कायम गर्न, सकेसम्म बाहिर ननिस्कन र निस्कनु परेमा अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका विधि अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.