www.tandavnews.com
Fact ~ In search of truth

माधव कुमार नेपाल र विप्वलबबीच भेटवार्ता भैरहेका बेला टुप्लुक्क पुगे प्रचण्ड

काठमाडौं/ ताण्डव न्यूज ।

नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

Batas

त्यही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास कोटेश्वर पुगपछि चार जना नेताहरुबीच भेटवार्ता भएको छ । भेटवार्तापछि सामूिहक तस्वीर खिचेर फेसबुकमार्फत सार्वजनिक गरिएको छ ।

तीन नेताबीच के कुरा भएको भन्ने विवरण त आइसकेको छैन तर भेटको पुष्टि भने दाहालको सचिवालयले गरेको हो ।बुधबार मात्र दाहाललाई भेटेका विप्लवले आज नेपालसँग समेत भेट गरेका हुन् ।

हिंसात्मक बाटो त्यागेर मूलधारको राजनीति गर्न प्रतिवद्धता जनाएर शान्ति प्रक्रियामा आएका चन्द केही समय मौन रहँदै आएका थिए । सरकारबाट एमाले अध्यक्ष केपी ओलीको बहिर्गमन भएसँगै चन्द एकाएक राजनीतिक परिदृष्यमा देखिँदै र भेटघाट पनि बढाएका छन् ।

उनले बुधबार दाहालसँग पूर्वमाओवादी घटकहरुबीच एकता गर्नुपर्ने प्रस्ताव राखेका थिए । दाहालले पनि कम्युनिष्ट एकताको पक्षमा बोलिरहेका बेला यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.