www.tandavnews.com
Fact ~ In search of truth

आज साउने संक्रान्ति पर्व मनाइँदै

पोखरा/ताण्डव न्यूज

आज साउने सङक्रान्ति, देशभर स्नान, दान गरेर मनाइँदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन भएको हुनाले आज देशभर साउने सङ्क्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ ।

माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आजको दिनमा हिलो मैलोका कारण लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने परम्परा पनि छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमासमेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने परम्परा छ । यसलाई लुतो फाल्ने भनिन्छ ।

Batas

श्रावण महिनाका सोमबार विशेष रुपमा लिईने गरिन्छ । खासगरी शिवका भक्तजनहरुले यो महिनालाई विशेष रुपमा लिँदै पूजा अर्चना गर्ने गर्दछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.