www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीलाई ‘अप्रेसन थिएटर’मा लगियो

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरका मेयर मानबहादुर जिसीको शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनलाई शल्यक्रिया कोठामा लगिसकिएको मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले ताण्डव न्यूजलाई जानकारी दिए ।

मष्तिष्कमा केही सुन्नीएको देखिएपछि चिकित्सकहरु अप्रेशन नै गर्नु पर्ने निष्र्कषमा पुगेका हुन् । यसअघि औषधि चलाएर २४ घण्टासम्म चिकित्सकहरु प्रत्यक्ष निगारानीमा रहेका थिए ।

Batas

अचानक स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत जिसीको मस्तिष्कको एउटा नसामा सामान्य अवरोध देखिएको थियो । शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका मेयर जिसीलाई मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपालका चिकित्सकले मस्तिष्कघात पुष्टि गरेका थिए । मणिपालका चिकित्सकको सल्लाहमै मेयर जिसीलाई शुक्रबार बिहान ११ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको थियो ।

मेयर जिसीलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व गृहमन्त्री खगराज अधिकारी, एमाले गण्डकी अध्यक्ष जगत विश्वकर्मा लगायतले काठमाडौं स्थित अस्पतालमै पुगेर भेटेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.