www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीको सफल शल्यक्रिया

पोखरा ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ । काठमाडौँ स्थित न्यूरो अस्पतालमा शल्यक्रिया सफल भएको हो ।

‘बिहान १० बजे देखी सुरु भएको Hemicraniectomy शल्यक्रिया २ घन्टामा सफल भएको छ । उपेन्द्र देवकोटा मेमोरियल अन्तर्गत संचालित न्युरो अस्पतालको न्युरो सर्जनहरुको टिमले गरेको शल्यक्रिया सफल भएको हो ।’ पोखरा महानगर अन्तर्गत सञ्चालित बहुप्राविधिक शिक्षलयका निर्देशक लक्ष्मण तिमिल्सिनाले भने ।

Batas

शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका मेयर जिसीलाई मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपालका चिकित्सकले मस्तिष्कघात पुष्टि गरेका थिए । मणिपालका चिकित्सकको सल्लाहमै मेयर जिसीलाई शुक्रबार बिहान ११ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.