www.tandavnews.com
Fact ~ In search of truth

किन रोकियो पोखरा महानगरमा खोप कार्यक्रम ?

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान स्थगित भएको छ ।

महानगरले ५५ वर्ष माथिका नागरिकका लागि जोन्सन एन्ड जोन्सनको एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्यले जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम नचलाउने आदेश आएपछि खोप अभियान रोकिएको जानकारी दिएका छन् ।

Batas

महानगरपािलकाको अभियान अन्तर्गत भेरोसेल खोप नै लगाउने भए पनि खोप सकिएकाले समस्या भएको हो । पोखराका १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहलाई खोप दिने तयारी गरिएको थियो ।

कतिपय वडामा ६२ वर्षदेखि माथि उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक भएपछि लक्षित उमेर समूहलाई खोप नपुगेको हो ।

सरकारले ५५ वर्षमाथिका जेष्ठ नागरिकका साथै शिक्षक शिक्षिका, सार्वजनिक सवारीका चालक, सहचालक, अत्यावश्यक सेवाका कर्मचारी लगायतलाई खोप दिने व्यवस्था मिलाएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.