www.tandavnews.com
Fact ~ In search of truth

पहिलोपटक फार्मेसी काउन्सिलद्धारा कोभिड अस्पतालका फार्मेसीहरुको प्रेस्किप्सन अडिट शुरु

नेपाल फार्मेसी काउन्सिलले कोभिड अस्पतालका फार्मेसीहरुको प्रेस्किप्सन अडिट शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयद्धारा गठित कोभिड – १९ व्यवस्थापन अनुगमन समितिले ४ जेठमा गरेको निर्णय अनुसार काउन्सिलले कार्यदल बनाएर प्रेस्किप्सन अडिट सुरु गरेको हो ।

अडिटका लागि काउन्सिल अध्यक्ष प्रज्वलजंग पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ । यसले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका अस्पताल कोभिड – १९ को उपचार गर्ने अस्पतालका फार्मेसीहरुमा प्रेस्किप्सनको अडिट गर्नेछ । अहिले काठमाडौ उपत्यकामा अडिट सकिएको तथा पोखरामा पनि हिजो मात्र सकिएको छ। पोखरामा यस अडिटका लागि नेपाल फार्मेसी काउन्सिलका सदस्य अमृत थापा तथा काउन्सिल अडिट कार्यदल सदस्य बिनिता केसि छन्।

‘खासमा कोभिडको उपचारमा कस्ता कस्ता औषधि कति मात्रामा प्रयोग भए ? समुचित रुपमा प्रयोग भएकी भएनन् ? एन्टीवायोटिक, स्टोरोइड, भिटामिन, मिनरल्स, प्यारासिटामोल लगायतका औषधिहरुको कति मात्रामा प्रेस्काइब भयो ? त्यो हेर्नका लागि प्रेस्किब्सन अडिट थालेका हौँ,’काउन्सिल सदस्य अमृत थापाले भने ।

Batas

गण्डकी प्रदेश भित्र पर्ने कोभिड बिरामीका उच्च चाप भएका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा मिति असार १७ बाट असार ३१ गते सम्म ९ ओटा अस्पतालहरुमा प्रेसकिप्सन अडिट सम्पन्न भएको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान ,मणिपाल शिक्षण अस्पताल, फेवासिटि हस्पिटल प्रालि, जिपि कोइराला राष्ट्रिय श्वास प्रस्वास केन्द्र, संक्रामक तथा सरुवा रोग अस्पताल, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर, चरक मेमोरिएल अस्पताल, मेडि प्लस तथा ट«मा सेन्टर र गण्डकी मेडिकल कलेजमा अडिट गरिएको हो ।

यस्तो खालको अडिट पहिलो पटक भएको हो ।

‘हामीले यसबाट दुईवटा कुरा पत्ता लगाउन खोजेका छौँ । एउटा, कोभिडको उपचारमा औषधिको समुचित प्रयोग भयो कि भएन ? उपचार कार्यविधि अनुसार औषधिको प्रयोग वा प्रेस्किप्सन भएको हो कि होइन ? अर्को एन्टीवायोटिकजन्य औषधिहरु प्रेस्किप्सन विना नै प्रयोग भएको छ कि ? अव्यक्ति आफैले वा फार्मेसी आफैले विना प्रेस्किप्सन प्रयोग गरेका हुन् कि ? यो पनि हेर्न खोजेका हौँ ।,’ उनले भने । उनले अडिट पुरा भएपछि प्रतिवेदन स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई समेत बुझाउने बताए ।

अडिटका लागि गठित कार्यदलमा पाण्डेको संयोजकत्वमा क्षितिज गड्तौला, महासागर ज्ञवाली, निराजन कंडेल, अमृत थापा, निरज बर्तौला, कादिर आलम,अमितकुमार गुप्ता, रोशन सर्दार, विनिता केसी र सुशील कोइराला सदस्य छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.