www.tandavnews.com
Fact ~ In search of truth

थप १,८७५ मा सङ्क्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा २ हजार १६४ जना सङ्क्रमण मुक्त भएका छन् ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८८६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ हजार ३६२ सङ्क्रमण पुष्टि भएको छ । यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ को मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।

Batas

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.