www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य निर्देशक भन्छन्,‘पोखरामा भोलीबाट खोप लगाइन्छ ’

जीवन सुवेदी/पोखरा ताण्डव न्यूज ।

पोखरा महानगरमा चलिरहेको कोभिड –१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।

तोकिएको उमेर समूहभन्दा बाहिरकालाई समेत खोप लगाउन थालिएको भन्दै पोखरा महानगरमा आज पनि खोप कार्यक्रम स्थगित भएको हो ।

Batas

५० देखि ५४ वर्ष उमेर समूहका लागि भनेर ल्याईएको खोप अन्य उमेर समूह र पेशा व्यवसाय संग आवद्ध व्यक्तिहरुले पनि लगाउन थालेसंगै अचानक खोप कार्यक्रम रोकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक खिम खड्काले बताए ।

‘हामीले यसअघि छुटेका अन्य उमेर समूहका लागि पनि खोप लगाउन निर्देशन दिएका थियौँ तर ५० देखि ५४ उमेर समूहलाई मात्र लगाउने भन्ने माथिको आदेश आयो, सोही अनुसार खोप कार्यक्रम स्थगगित भएको हो’ उनले भने ‘रोकिएको कार्यक्रम प्रोटोकल अनुसार भोलिबाटै सुरु हुन्छ ।’ उनले प्रदेशका अरु जिल्लाहरुमा भने निर्वाध रुपमा खोप कार्यक्रम चलिरहेको जानकारी दिए ।

पोखराका लागि खोपको माग गर्दा यहाँको स्थानीय जनसंख्यालाई आधार बनाईएको भएपनि बाहिरबाट आएर अस्थायी बसोबास गर्नेहरुलाई समेत खोप कार्यक्रममा समावेश गर्नु परेकाले खोप अपर्याप्त भएको निर्देशक खड्काले बताए । यदि ५० देखि ५४ वर्ष उमेर समूहले लगाईसकेर बाँकी रहेको अवस्थामा अन्य उमेर समूहका लागि पनि खोप लगाईने उनको भनाई छ ।

यसैबीच गण्डकी प्रदेशका कास्कीमा २५ हजार १४६ डोज, नवलपुरमा नवलपुर १५ हजार ०७२, तनहुँमा १४ हजार ७४२, बाग्लुङमा १२ हजार ०६२, स्याङ्जामा १० हजार ५३२, गोरखामा १० हजार ३७४ डोज, खोप पु¥याई सकिएको छ ।

त्यस्तै लमजुङमा ७ हजार २९५ डोज, म्याग्दीका लागि ४ हजार ६९१, पर्वतका लागि ६ हजार २९४, मुस्ताङका लागि ४८२ र मनाङ २६८ जनालाई पुग्ने गरी खोप पठाईएको प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए ।

जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको जन्सिन नामक खोप १ डोज मात्र लगाए पुग्ने बताईएको छ ।

यता पोखराको स्थानीय जनसंख्या भन्दा बाहिरबाट आएर विभिन्न पेशा व्यवसाय गर्नेको जनसंख्या धेरै भएकाले उनीहरुलाई समेत समेटेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्दा खोप अपुग भएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए ।

‘श्रावण ६ गते आउने गरी पोखराका लागि ३० हजार डोज खोप मगाएका छौँ, विस्तारै सहज हुन्छ’ उनले भने ‘विभिन्न पेशागत समूह र उमेर समूहका नागरिकलाई एकैपटक खोप लगाउँदा थोरै असहज भएको हो ।’

यद्यपी खोप लगाउन भन्दै नागरिकता बोकेर खोप केन्द्रमा पुगेका नागरिकहरु भने निरास र आक्रोशित हुँदै फर्किएका छन् । नागरिकहरुले खोप केन्द्रमा बढी भीडभाड भएको, पहुँचका आधारमा खोप लगाईएको, खोप केन्द्रहरुको व्यवस्थापन फितलो भएको लगायतका गुनासो गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.