www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः५ संक्रमितको मृत्यु कास्कीका १६२ सहित थपिए ३३८ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक अनुसार कास्कीका १, तनहुँका १, गोरखाका १, र नवलपरासीका २ जना गरी ५ संक्रमितले ज्यान गुमाएका हुन् । यो सँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२५ पुगेको छ ।

Batas

यस्तै २४ घण्टामा ३३८ जना संक्रमित थपिएका छन् ।जसमा कास्कीका १६२,मुस्ताङका १, म्याग्दीका १३,पर्वतका १९,गोरखाका ३०,लमजुङका ३,तनहुँका ७,बागलुङका २५, स्याङ्जाका ५३ र नवलपरासीका १७ जना रहेका छन् ।

१७७ महिला र १६१ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ६१ हजार ५०६ पुगेको छ ।

यस्तै आज ३६६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ७३०रहेको छ ।

हाल प्रदेशमा २ हजार ७५१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ६१५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.