www.tandavnews.com
Fact ~ In search of truth

माधव नेपाल ‘खरानी समूह’को नेता हो, उठबस गरेपनि एमालेमा ठाउँ छैनः नेता बाँस्कोटा

काठमाडौं/ ताण्डव न्यूज ।

नेकपा एमाले नेता गोकुल बाँस्कोटाले माधव नेपाललाई खरानी समूहको संज्ञा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार साँझ विश्वासको मत लिएपछि राजधानीबाट प्रशारण हुने एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका दौरान बाँस्कोटाले उक्त टिप्पणी गरेका हुन् ।

पार्टीलाई खरानी बनाउन सफल भएको भन्दै उनले उक्त संज्ञा दिएका हुन् । नेपाल समूहकै कारण नेपाली कांग्रेस सरकारमा पुगेको भन्दै उनले अब माधव नेपालसँग सम्बन्ध टुटेको बताए । ‘माधव नेपालले सयपटक उठबस गरेपनि एमालेको ढोका बन्द भयो’ बाँस्कोटाले भने ‘माधवसँगको सम्बन्ध फुलस्टप, फुलस्टप, फुलस्टप । भोली कतै ठेस लागेर पार्टीमा आउन चाहे त्यतिबेला हिसाब गरौंला भन्दै उनले पहिले वामदेव गौतमको पनि यस्तै हालत भएर एमालेमा फर्किएको चर्चा गरे ।

Batas

उनले माधव नेपाल र उनको समूहले पार्टीको घोषणापत्र र सिद्धान्त बिर्सेर ‘उता’ (कांग्रेसमा) भोट हालेको उल्लेख गरे । आफ्नै सरकार ढाल्ने नेतृत्व गर्ने माधवलाई एमालेमा अंगाल्न नसक्ने उनले प्रष्ट पारे । त्यस्तै, ओली पक्षधर प्रेमबहादुर आले र किसान श्रेष्ठले पनि ‘फाइदा’ हेरेर राजनीति गरेको बाँस्कोटाले आरोप लगाए । सोही सन्दर्भमा घनश्याम भुसाललगायतले कांग्रेसमा भोट नहाल्नुको कुनै अर्थ नरहेको बाँस्कोटाको धारणा थियो । उनले भने, ‘देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत लिन भोट पुग्ने देखेपछि उनीहरुले मतदान गरेनन् ।’

कुराकानीकै दौरान नेता बाँस्कोटाले अदालत पूर्वाग्राही भएर निर्णय गरेको जनाए । दलीय व्हिप नलाग्ने यो कस्तो निर्णय भन्दै आश्चर्य व्यक्त गरेका बाँस्कोटाले अदालतले आफु अनुकुल व्याख्या गरेको बताएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.