www.tandavnews.com
Fact ~ In search of truth

खोप लफडा : पोखरेलीले अझै एकसाता खोप नपाउने , ‘कहिले आउँछ टुंगो छैन’

जीवन सुवेदी
पाेखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिकामा अझै केहिदिन खोप कार्यक्रम सूचारु नहुने भएको छ । उमेर समूहमा अस्पष्टता भएको भन्दै अझै केहिदिन खोप कार्यक्रम सूचारु नहुने पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए ।

ताण्डव न्यूजसंग कुरा गर्दै पौडेलले भने “हिजो सम्बन्धिच वडा अध्यक्षज्यूहरुसंग अकस्मात बैठक बस्यौँ, ५५ वर्ष भन्दा माथिका उमेर समूहलाई भ्याक्सिन दिईसकेपछि मात्र ५० देखि ५४ उमेर समूहलाई लगाउने विषयमा समहमती जुटेको छ, त्यहि अनुसार अघि बढ्छौँ ।” उनले भने “अहिले हामीसंग भेरोसेल खोप छैन, संघ सरकारबाट उपलब्ध हुने वित्तिकै खोप कार्यक्रम सूचारु गर्नेछौँ ।”

Batas

खोप कार्यक्रम कहिलेबाट सुरु हुन्छ भनेर यकिन नभएको उनले बताए । “यो हप्ता काठमाण्डौमा चाईनाबाट खोप आउने जानकारी पाएका छौँ’, उनले भने ‘हामीलाई खोप प्राप्त भैसकेपछि एकदिन पनि ढिला नगरी खोप लगाउनेछौँ ।”

पहिलो चरणको १ देखि १७ नं वडासम्म ५५ वर्ष माथिको उमेर समूहलाई लगाउने कार्यक्रम सम्पन्न भैसकेको छ भने बाँकी वडाहरुमा कार्यक्रम सूरु हुन सकेको छैन । यद्यपी कास्कीका गाउँपालिकाहरुमा भने खोप कार्यक्रम सूचारु रहेको सम्बन्धित गाउँपालिकाहरुले जनाएका छन् । त्यस्तै गण्डकी प्रदेशका अरु जिल्लाहरुमा भने खोप कार्यक्रम जारी छ । यसअघि हिजो नवलपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीले जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सुभारम्भ गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.