www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीको उपचारका लागि १० लाख उपलब्ध गराउने महानगरको निर्णय

पोखरा/ताण्डव न्यूज

पोखरा महागनरपालिका प्रमुख मानबहादुर जिसीको उपचार खर्च बापत १० लाख रुपैयाँ उपलब्ध गराउने महानगरको बैठकले निर्णय गरेको छ ।

मेयर जिसीको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारका लागि दश लाख रुपैयाँ उलब्ध गराउने निर्णय गरेको प्रवक्ता धनबहादुर नेपालीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरा महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङ्गको अध्यक्षतामा महानगरपालिकाको कार्यपालिकाको ५१ औं वैठकले उक्त निर्णय गरेको हो ।

Batas

अकस्मात विरामी भई उपचारको क्रममा न्यूरो अस्पताल काठमाण्डौमा उपचाररत जिसीको स्वास्थ्य उपचारमा आवश्यक आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गदै प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गर्ने निर्णय भएको महनगरका प्रवत्ता धनबहादुर नेपालीले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यस्तै बैठकले नगर प्रमुख मानबहादुर जि.सीको स्वास्थ्य अवस्थाको बारेमा दैनिक नियमित सूचना प्रवाह गर्ने जिम्मेवारी महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीलाई दिने निर्णय समेत भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.