www.tandavnews.com
Fact ~ In search of truth

विषाक्त मदिरा प्रकरणः प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

बागलुङ ।

विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।

बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । त्यस्तै उनीहरुसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

Batas

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ । बागलुङमा पहिलोपटक चारजनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए । ‘सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु’, उनले भने, ‘अहिलेसम्म दुईजना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरुसमेत बरामद गरेका छौँ ।’

पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र शवपरीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.