www.tandavnews.com
Fact ~ In search of truth

१० लाख डोज खोप लिन आज राति बेइजिङ जाँदै नेपाल एयरलाइन्स

काठमाडौं ।

कोभिड–१९ विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाँदै छ । आज राति ११ बजे बेइजिङ जाने जहाजले १० लाख डोज खोप लिएर फर्कने एयरलाइन्स प्रशासनले जानकारी दिएको छ ।

एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलको अनुसार खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्नेछ ।

Batas

लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने उनले बताए ।जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने भएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.